क्याम्पसमा एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १९ को मृत्यु

क्याम्पसमा एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १९ को मृत्यु

एजेन्सी |

युक्रेनको स्वायत्त क्षेत्रका रुपमा रहेकाे क्राइमियाकाे एक क्याम्पसका गोलाबारी भएकाे छ । क्याम्पसकै एक विद्यार्थीले अन्धाधुन्ध रुपमा गाेली प्रहार गर्दा १९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

क्राइमियाको क्रेर्च टेक्निकल कलेज साे घटना भएकाे हाे । उक्त कलेजमै अध्ययनरत भ्यादिस्लाभ रोसल्याकोभ नामका १८ वर्षीय विद्यार्थीले आफ्नै साथीहरुमाथि अन्धाधुन्ध रुपमा गोली चलाएकाे जनाइएकाे छ ।

क्याम्पसको क्यान्टिन क्षेत्रबाट आक्रमणकारीले गाेली चलाउन सुरु गरेकाे बताइएकाे छ । साथीहरुमाथि यसरी गाेलाबारी गरेपछि उनले पुस्तकालयमा गएर आफैंमाथि समेत गोली प्रहार गरेका छन् । १९ जनाकार् हत्यापछि अाक्रमणकारीले आत्महत्या गरेको रुसी अधिकारीहरुले पुष्टि गरेका छन् ।

 

अधिकारीहरुका अनुसार, यसरी अाफ्नै साथीहरुमाथि गोली प्रहार हुनुकाे कारण खुल्न सकेकाे छैन । घटनाबारे अनुसन्धान भइरहेको जनाइएकाे छ । घटनालगत्तै त्यहाँ ठूलाे मात्रामा प्रहरी र सुरक्षाकर्मी परिचालित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्