दसैँको टीकाको शुभ साइत भोलि विहान ९ बजेर ५१ मिनेटमा

दसैँको टीकाको शुभ साइत भोलि विहान ९ बजेर ५१ मिनेटमा

बिराटनगर कार्तिक १ , बडादसैँको टीकाको शुभ साइत आउँदो कात्तिक २ गते विहान ९ बजेर ५१ मिनेटमा रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार देवी विसर्जन सोही दिन विहान ९ बजेर ३९ मिनेटमा, तुलजाभवानी यात्रा विहान ८ बजेर ३५ मिनेटमा र स्थिरासन खड्गजात्रा विहान ९ बजेर ४४ मिनेटमा साइत रहेको छ ।

समितिका अनुसार असोज ३० गते फूलपातीका दिनमा विहान ९ बजेर २१ मिनेटमा तुलनाभवानी यात्रा र विहान १० बजेर २ मिनेटमा स्थिरासनको साइत रहेको छ । कात्तिक ६ गते अखिलबलिपूर्ति र बुधबार कोजाग्रत ब्रत रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्