बिराटनगरको बिकेभिएम स्कुलमा पढ्ने अविनाशको डुबेर मृत्यु

बिराटनगरको बिकेभिएम स्कुलमा पढ्ने अविनाशको डुबेर मृत्यु

बिराटनगर कार्तिक २  । बिराटनगरस्थित बाल कल्याण बिद्या मन्दिर (बिकेभिएम) मा पढ्ने एक बालकको कोशी नदीमा डुबेर मृत्यु भएको छ ।

उनि दशैं मनाउन मामाघर आएका थिए । बिकेभिएम मा कक्षा ९ मा पढ्ने उनको तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीमा नुहाउने क्रममा सुनसरी भोक्राहा–३ का जयानन्द यादवका छोरा १५ वर्षीय अविनाश यादवको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

[caption id="attachment_67548" align="alignnone" width="960"] अभिनास यादव[/caption]

हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलवास्थित मामाघर आएका उनी आधा घण्टाको दुरीमा रहेको स्थानमा नुहाउन गएका थिए । बालकसँग नुहाउन गएका मामाका छोरा र सानीआमाका छोराले बचाउने प्रयास गरेपनि कोशी नदीको भङ्गालोमा फसेकाले बचाउन नसकेको परिवारका सदस्यले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्