भारतमा रेलले किचेर रावणको समेत ज्यान गयो

भारतमा रेलले किचेर रावणको समेत ज्यान गयो

काठमाडौँ—भारतको पञ्जावस्थित अमृतसरमा रेलले किच्दा केहिबेर अघि रामलिलामा रावणको भूमिका निभाएका स्थानीय दलविर सिंहको समेत मृत्यु भएको छ।

विगतमा सँधै रामको भूमिमा खेल्दै अाएका सिंहले यो वर्ष पहिलो पटक रावण बनेर अभिनय गरेका थिए।  साथिहरुको विशेष आग्रहमा यस वर्ष उनी रावण बनेका थिए तर त्यसलगत्तै उनले जीवन गुमाउन पुगेको बीबीसीले जनाएको छ।

रामलिलाको आफ्नो भूमिका सकिएपछि सिंह पनि रावणको पुत्ला दहन हेर्न भिडमा सामेल थिए। साथीहरुको आग्रहमा उनी मैदान झरेका थिए मञ्चबाट।  तर उनको यस वर्षको रावणको भूमिका उनको जीवनकै अन्तिम अभिनय बन्न पुगेको छ।

 

रामलिलाको मञ्च रेल पट्रिबाट २५ मिटर मात्रै टाढा बनाइएको थियो।  शुक्रबार दसहराको अवसरमा ‘अमृतसर रेल वे स्टेशन’ बाट दुई किलोमिटर दुरीमा रहेको धोवीघाट मैदानमा रेलको पट्रिमै उभिएर रावणको पुत्ला दहन हेरिरहेका दर्शकहरुलाई रेलले किचेको थियो ।

धोपिघाटमा पुत्ला दहन हेर्न करिव दुई सय जना भेला भएका थिए। जरुवा फाटक क्रसिगको ढाको बन्द भएपनि रावण दहन राम्रोसँग हेर्न र मोबाइलमा भिडियो तथा तस्बिर खिच्न दर्शकहरु रेलको पट्रिमै उभिएका थिए। लगत्तै आएको जालन्धर—अमृतसर डिएमयु रेलले हान्दा ७० जना मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्