संसारकै धनी बिल गेट्सले विशेषखालको कन्डम निर्माणमा लगानी गर्ने

संसारकै धनी बिल गेट्सले विशेषखालको कन्डम निर्माणमा लगानी गर्ने

बोस्टन । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले विशेषखालको कन्डम निर्माणमा लगानी गर्ने भएका छन् । संसारकै धनी मानिएका गेट्सको लगानीमा उत्पादन हुने कन्डमको विशेषता भनेको यौनसाथीबाट सर्न सक्ने कुनै पनि रोगलाई यसले रोकिदिनेछ । यसको प्रयोगबाट अनिच्छित गर्भसमेत नियन्त्रण हुने बताइएको छ । यसको प्रयोग निकै सहज हुने पनि दाबी गरिएको छ ।

रोयल सोसाइटी ओपन जर्नलमा प्रकाशित खबरअनुसार, यो कन्डममा रबर लेटेक्सको प्रयोग गरिएको छ । यसको माथिल्लो भागमा पातलो हाइड्रोफिलिक पालिमियरको तह रहेको छ, जसले स्पर्श निकै कोमल र चिप्लो पारिदिनेछ । यौनसम्पर्कका बखत यो कन्डन लामो समयसम्म टिक्नेछ भने प्रयोगकर्तालाई कुनै झञ्झट हुने छैन ।

अन्य सामान्य कन्डमभन्दा यसमा बढी मात्रामा चिप्लोपना रहने र यो ज्यादा समय टिक्ने बताइन्छ । बिल तथा मलिन्डा फाउन्डेसनका वैज्ञानिकहरुको अनुसन्धानअनुसार अधिकांश कन्डम सुरुमा चिप्लो भए पनि पछि खस्रो हुँदै जानेखालको रहेको पाइन्छ । बोस्टन युनिभर्सिटीका रिसर्च प्रोफेसर मार्क ग्रिनस्टाफ भन्छन्, ‘३३ जना स्त्री–पुरुषले यो कन्डमको प्रयोग गरे र भने– यो निकै सहज र सन्तुष्टि दिनेखालको छ ।’

- नवभारत टाइम्स डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्