बिराटनगरमा यसरी खेलियो कुस्ती !!

बिराटनगरमा यसरी खेलियो कुस्ती !!

विराटनगर महानगरपालिका ६ ब्रह्मपुरामा विगत एक दशकदेखि आयोजना हुँदै आएको कुस्ती प्रतियोगिता यसबर्ष पनि दशैको अबसरमा आयोजना गरियो । कुस्ती प्रतिस्पर्धामा नेपाल तथा भारतका कुस्तीबाज अर्थात् पहलमानहरूले कुस्तीको दाउपेच, कलाकौशल र शक्ति प्रदर्शन गरे ।

दशैको अबसरमा सोमबार तराई मधेसको मौलिक संस्कृतिसँग जोडिएको कुस्ती लोप हुने संघारमा पुगेपछि त्यसलाई संरक्षण गर्ने प्रयासस्वरुप कुस्ती प्रतियोगिता आयोजना गरिएको थियो । तीन दशक अघिसम्म मोरङ, सुनसरी र झापामा उल्लेख्य संख्याका पहलमान थिए । तर पछिल्लो समय कुस्ती प्रतियोगिताको आयोजना शून्य प्रायः हुँदै गएको छ भने खेलाडी पनि पलायन भइसकेका छन छन् ।

वडा नम्बर ६ का वडाध्यक्ष विजय कामतको संयोजनमा यसपटक एघारौं संस्करणको प्रतियोगिता भएको हो । हजारौं सर्वसाधारण दर्शकको सहभागितामा गरिएको प्रतियोगितामा नेपाल र भारतका कुस्तीबाजले आफ्नो कला कौशल प्रदर्शन गरे । प्रतियोगितामा भारतको दिल्ली, जयपुर, पञ्जाब, लखनउ, बनारस र बिहारका ४० जनासहित नेपालको सर्लाही, सप्तरी र नवलपरासीका ५ जना पहलमानले खेल प्रदर्शन गरेका थिए । नेपाल भारतका प्रतिस्पर्धीबीच भएको भीडन्तले दर्शकलाई थप रोमाञ्चित बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्