बेलबारीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

बेलबारीमा  मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

विराटनगर, ६ कात्तिक । मोरङको बेलबारी नगरपालिका-२ लालभित्तीमा  मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते भएका छन् । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को. २५ प १७९२ नम्बरको मोटरसाइकलले सोही स्थान बस्ने पैदल यात्री बर्ष २७ को बद्री अधिकारीलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट घाईते अधिकारीलाई उपचारको लागि नोबेल अस्पताल  बिराटनगर ल्याईएकाे छ । चालक र मोटरसाईकललाई इलाका प्रहरी कार्यालय बेलवारीको नियन्त्रणमा लिएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्