पिपिएलको लागि विराटनगर टाइटन्स तयारीमा व्यस्त , यसरी गर्दैछ तयारी !

<span class='c1'>पिपिएलको लागि विराटनगर टाइटन्स तयारीमा व्यस्त</span> <span class='c2'>, यसरी गर्दैछ तयारी !</span>

बिराटनगर कार्तिक ७ , पोखरामा पहिलो पटक आयोजना हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० लिगको लागि बिराटनगरको विराटनगर टाइटन्स तयारीमा ब्यस्त रहेको छ । टिमका मुख्य प्रशिक्षक महेश रिजालले खेलाडीलाई त्रिभुवन विश्वबिद्यालयको क्रिकेट ग्राउण्डमा प्रशिक्षण दिएका थिए ।

पीपीएलको उद्घाटन खेलमा स्थानीय टीम पोखरा पल्टन र विराटनगर टाइटन्सले खेल्ने छन् । पोखरा रंगशालामा कार्तिक ९ गते हुने उद्घाटन खेल खेल्ने पोखराका मार्की खेलाडी शरद भेषावकर र विराटनगरका मार्की खेलाडी सन्दीप लामिछाने हुन् ।
६ टिम सहभागी पीपीएल राउण्ड रोविन लिगका आधारमा हुुनेछ । सर्वाधिक पुुरस्कार राशी भएको पीपीएल कात्तिक १९ गतेसम्म हुुनेछ । लिगको पहिलो दिन विराटनगर र पोखराबीचको मात्रै भए पनि अन्य दिनमा दिनको दुई—दुुई वटा टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको ६ टिममा विराटनगर टाइटन्स, चितवन राइनोज, काठमाडौँ रोएल्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स र धनगढी ब्लुज रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्