बिराटनगरको कंचनबारी चौकबाट लागूऔषध सहित २ पक्राउ

बिराटनगरको  कंचनबारी चौकबाट लागूऔषध सहित २ पक्राउ

बिराटनगर, ७ कार्तिक। प्रतिवन्धित लागूऔषध सहित मोरङको बिराटनगर महानगरपालिका-४  कंचनबारी चौकबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । सि.आर. भी. भट्टाचौकबाट खटिएको प्रहरीको टोलीले लागूऔषध सहित सुनसरी धरान उप-महानगरपालिका-१६ बस्ने बर्ष ३३ को तिलक लोहार र धरान-१३ बस्ने बर्ष १८ को बिकेश रुम्बालाई पक्राउ गरिएको हो । शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागूऔषध डाईजेल्याव, लुपिजेसिक र एभिल ३०० पिस फेला पारी बरामद गरेको हो । पक्राउ परेका दुबै जनालाई लागूऔषध सहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्