बिराटनगर कार्तिक ८ , विराटनगर महानगरपालिका वडा नं ११ को आयोजनामा आजदेखि "योग विज्ञान शिविर" संचालनमा आएको छ । कार्तिक १४ गते सम्म चल्ने सप्ताहव्यापी "योग विज्ञान शिविर" हरेक दिन बिहान ५ बजेदेखि संचालन हुनेछ । शिविर बिराटनगर ११ स्थित बाल कल्याण बिद्या मन्दिर स्कुलमा संचालन भइरहेको छ ।
बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुली लगायतको उपस्तिथिमा आज उक्त सप्ताहव्यापी "योग विज्ञान शिविर" को उद्घाटन गरिएको थियो ।