विराटनगरका एक्ला वडाध्यक्ष तीर्थेेन्द्र, जसले मोटरसाइकल सुबिधा लिएनन्

विराटनगरका एक्ला वडाध्यक्ष तीर्थेेन्द्र, जसले मोटरसाइकल सुबिधा लिएनन्

विराटनगर कार्तिक ८ , विराटनगरका वडाध्यक्षलाई मोटरसाइकल सुबिधा प्रदान गरिएको छ । विराटनगरका १९ मध्ये १८ वडाका अध्यक्षले मोटरसाइकलको सुविधा लिएका छन् भने विराटनगर ११ का वडाध्यक्ष तीर्थेेन्द्र न्यौपानेले भने मोटरसाइकलको सुविधा लिएनन् ।

उनले आफुसंग मोटरसाइकल भएको हुनाले नलिएको बताए । अधिकांस अन्य वडाध्यक्षसंग आफ्नै साधन भएपनि मोटरसाइकलको सुबिधा उनीहरुले लिएका थिए

तत्कालीन नेकपा एमाले बाट वडाध्यक्ष निर्वाचित उनले उक्त सुबिधा लिन इन्कार गरेका थिए । सरल जीवनशैली रुचाउने न्यौपानेले वडामा बिभिन्न काम गर्दै आएका कारण पनि उनि बिराटनगर मै लोकप्रिय वडाध्यक्षको रुपमा चिनिन्छन । 

बिराटनगर महानगरपालिकाले २ लाख ८ हजारका होण्डा साथै २ लाख ९० हजारका बजाज एभेन्जर मोटरसाइकल खरिद गरि वडाध्यक्षहरुलाई कार्यालय प्रयोजनका लागि उक्त मोटरसाइकल वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्