विराटनगरबाट सन्दिप लामिछाने र पोखराबाट शरद भेषावकरकाे टक्कर पाेखरामा

<span class='c1'>विराटनगरबाट सन्दिप लामिछाने र पोखराबाट</span> <span class='c2'>शरद भेषावकरकाे टक्कर पाेखरामा</span>

विराटनगर, ९ कात्तिक ।  घरेलु क्रिकेटको सर्वाधिक ठूलो प्रतियोगिता नमस्ते पोखरा प्रिमियर लिग क्रिकेट शुक्रबारदेखि पोखरा रंगशालामा सुरु हुँदैछ । तीन महिना लगाएर स्तरोन्नति गरिएको पोखरा रंगशालाको नयाँ पीचमा शुक्रबार बिहान ११ बजेदेखि घरेलु टोली पोखरा पल्टन र विराटनगर टाइटन्स आमने सामने हुँदैछन् ।

युवा र अनुभवी खेलाडीको मिश्रण रहेको दुवै टोलीका लागि नयाँ पीच सबैभन्दा डरको विषय भएको छ ।दुवै टोलीका कप्तान तथा प्रशिक्षकले पीचको अवस्था अनुसार प्रदर्शन निर्भर रहने बताइसकेका छन् । रातो माटोको पीच नेपालमा अन्त छैन । नयाँ पीचको अवस्थालाई बुझेर संयमित भएर खेल्ने दुवै टोलीका मार्की खेलाडीको भनाइ छ । विराटनगरबाट सन्दिप लामिछाने र पोखराबाट शरद भेषावकर मार्की खेलाडी छन् । कात्तिक २० गतेसम्म चल्ने प्रतियोगितामा पोखरा र विराटनगरका अलावा काठमाडौं रोयल्स, चितवन राहिनोज, बुटबल ब्लास्टर्स र धनगढी ब्लुज छन् । सबै टिम र खेलाडी पोखरा पगिसकेका छन् भने सबैले तयारी सकाइसकेका छन् ।

प्रतियोगिताको विजेताले २७ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । जुन घरेलु क्रिकेटको सर्बाधिक पुरस्कार राशी हो । त्यस्तै उपविजेताले १० लाख पुरस्कार पाउनेछन् । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ नगद पाउनेछन् भने हरेक खेलको विजेताले १५ हजार पाँच सय बोनसस्वरुप पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्