गाउँमा कविता श्रृङ्खलाको २९ औँ भाग पुरा, झाेराहाटमा देशदेखि विदेशसम्मका श्रष्टा आए

गाउँमा कविता श्रृङ्खलाको २९ औँ भाग पुरा, झाेराहाटमा देशदेखि विदेशसम्मका श्रष्टा आए

विराटनगर, १० कात्तिक ।
झोराहाटमा शुरु भएको गाउँमा कबिताको २९ औ संस्करण पुरा भएको छ । झोराहाटमा हरेक महिनाको दोश्रो शुक्रवार गाउँमा कबिताको श्रृङ्खला आयोजना हुँदै आएको छ । त्यही श्रृङ्खला अन्तरगत २९ औ कार्यक्रम आज सम्पन्न भएको हो । यसरी आयोजना हुने कविता वाचनमा हरेक कबिहरुले आफुले ल्याएका कविता २ चरणमा २–२ वटाको दरले ४ वटा कविता वाचन गर्ने गरेका छन् ।
त्यही क्रममा शनीवार भएको कार्यक्रममा भारतको सिलगढीकी कबि सुधा एम राई, झोराहाटका कबि गायत्री गुरागाईँ, त्यस्तै बेलवारीकी कवि वादलदेबी चाम्लिङ सहित ओम आचार्यले कविता वाचन गरेका थिए । फरक फरक शैली र पृष्ठभुमीको झल्कोदिने गरी वाचन भएको कवितामा कविहरुले आफ्ना भावनाहरु कविताको माध्यामबाट प्रस्तुत गरेका थिए । झोराहाट नाट्य केन्द्रको आयोजनामा हुने कार्यक्रममा बिराटनगर, बेलवारी, ईटहरी, धनकुटा तथा झापाका श्रष्टाहरुको उपस्थिती थियो । हरेक कार्यक्रममा नयाँ श्रष्टा ल्याउने नियम अनुसार अन्य कार्यक्रममा पनि नयाँ अनुहारहरु श्रष्टाको रुपमा कार्यक्रममा उभ्याईने केन्द्रका अध्यक्ष भरत गुरागाईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्