महोत्तरीमा करेन्ट लागेर एकको मृत्यु

<span class='c1'>महोत्तरीमा करेन्ट लागेर</span> <span class='c2'>एकको मृत्यु</span>

महोत्तरी, ११ कात्तिक । महोत्तरीको जलेश्वर नगरपालिका–५ मा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा नगरपालिकाको बिसनपुर बस्ने मातवर राउतका छोरा १५ वर्षीय रोहित राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए। आफ्नै घरको आँगनमा रहेको पानी तान्ने मोटरमा नुहाउने क्रममा किशोर राउतको विद्युत् चुहावट हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।  करेन्ट लागेर गम्भीर घाइते भएका किशोर राउतको जिल्ला अस्पताल जलेश्वरमा उपचारका क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्