विराटनगरमा सिंघिया खोलामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

<span class='c1'>विराटनगरमा सिंघिया खोलामा माटोको ढिस्कोले</span> <span class='c2'>पुरिएर एक जनाको मृत्यु</span>

बिराटनगर , कार्तिक ११। विराटनगर १ स्थित सिंघिया खोलामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । दिउँसो करिब २ बजे घर नजिकै रहेको खोलामा माटो खन्ने क्रममा ढिस्को खसेर सोही स्थान बस्ने बर्ष ३५ की कञ्चन पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ढिस्कोले पुरिएर घाइते भएकी पासवानलाई उपचारको लागि कोशी अंचल अस्पताल बिराटनगर पठाइएकोमा उनको सोही अस्पतालमा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ । घटनास्थलमा जिप्रका मोरङबाट प्रहरीको टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि सोही अस्पताल राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्