विराटनगरमा पहिलो पटक आइसिटी एक्स्पो २०१८ को आयोजना हुने, यस्ता हुनेछन् स्टल

<span class='c1'>विराटनगरमा पहिलो पटक आइसिटी एक्स्पो २०१८</span> <span class='c2'>को आयोजना हुने, यस्ता हुनेछन् स्टल</span>

विराटनगर, १३ कात्तिक ।
विराटनगरमा पहिलो पटक आइसिटी एक्स्पो २०१८ को आयोजना हुने भएको छ। एजुकेशन, टेक्नोलोजी र इनोभेसनको स्लोगन सहित विराटनगरमा पहिलोपटक आइसिटी एक्स्पो २०१८ आयोजना हो । लिभिङ विथ आइसिटीले आगामी पुस ६ गतेदेखि १० गते एक्स्पो आयोजना गर्न लागेको हो । प्रदेश न १ को प्रमुख शहर विराटनगरलाई सूचना प्रविधिको गन्तब्य बनाउने उदेश्य सहित एक्स्पोको आयोजना हुँदैछ ।
एक्स्पोमा सूचना प्रविधि क्षेत्रका पछिल्ला आविष्कारहरु, प्रडक्ट र सेवाहरु प्रदर्शनमा रहनेछन् । आइटी शिक्षा, ज्ञान, आविस्कार र उद्यमशिलतालाई एक्स्पोमा प्रवद्र्धन गरिनेछ । विराटनगरमा रहेको जैन भवनमा आयोजना हुने एक्स्पोमा १ सयभन्दा बढि स्टलहरु रहनेछन । प्रदेश १ का सूचना प्रविधिमा कार्यरत कम्पनी, कलेज तथा सस्थाहरु सहित काठमाण्डौबाट अन्तराष्ट्रिय प्रडक्ट तथा ब्राण्डको प्रदर्शनीमा सहभागिता रहने आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिए । ५० प्रतिशत कर्मशियल आइटी प्रडक्ट तथा सेवाहरुको स्टल रहनेछन भने ५० प्रतिशत स्टलहरु आइटी शिक्षा, इनोभेसन, स्टार्टअप, रोबोट, गेमिङ जोन सहितका साइन्स एक्जिविसनमा केन्दि«त हुने उनको भनाई छ । कमर्शियल स्टलहरुमा स्मार्ट प्रविधि, ल्यापटप, ग्याजेट्स, इन्टरनेट, सेक्युरिटी प्रडक्टहरुसँगै सफ्टवेयर, एप्लिकेशनहरु रहनेछन । नयाँ प्रविधिहरुको विशेष प्रदर्शनी हुने यस एक्स्पोमा स्थानिय आइटी स्टार्टअप तथा उद्यमशिलतालाई प्रवद्धन गर्न ५ वटा स्टल निशुल्क उपलब्ध उनको भनाई छ । यसको लागि स्टार्टअप कम्पनीहरुले अनलाइन आवेदन दिन सक्नेछन ।
नेपालमा प्रविधि क्षेत्रकै सबैभन्दा ठूलो आइसिटी अवार्डसमेत आयोजना गरिरहेको लिभिङ विथ आइसिटीले विगत ७ वर्षदेखि सूचना प्रविधिमा आधारित म्यागजिन प्रकाशन गरिरहेको छ । विराटनगरबाटै शुरु भएको सूचना प्रविधि क्षेत्रमा ुलिभिङ विथ आइसिटी सचेतनाु अभियान अब प्रदर्शनी मार्फत अझ बृहत हुनेछ । पत्रकार सम्मेलनमा प्रचार संयोजक परवतराज झाले अवसरमा स्थानिय निकायहरुलाइ समेटेर डिजिटल गभर्नेन्स र स्मार्ट सिटी सम्बन्धी वर्कसप, कन्फ्रेन्स समेत सञ्चालन हुने बताए । एक्स्पोमा आइसिटी अवार्डका विजेताहरुले समेत नयाँ प्रविधिहरुको प्रदर्शन गर्ने, काठमाण्डांै सहित प्रदेश १ र २ का २ लाखभन्दा बढिले प्रदर्शनीको अवलोकन गर्ने उनले जानकारी दिए ।
आयोजकले एक्स्पोमा आजैदेखि स्टल तथा स्पोन्सर बुकिङ खुल्ला गरिएको जनाएकोछ । यसको लागि आधिकारिक वेबसाइट www.ictexpo.orgमा गई बुकिङ गर्न सकिने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्