विराटनगरमा सानिमा जनरल इन्सुरेन्सको शाखा खुल्यो

विराटनगरमा सानिमा जनरल इन्सुरेन्सको शाखा खुल्यो

बिराटनगर कार्तिक १४ , सानिमा जनरल इन्सुरेन्स विराटनगर शाखा कार्यालयले अाज देखि विधिवत समुद्घाटन गरि वित्तीय कारोवार संचालनमा ल्याएको छ  । कार्यक्रमको समुद्घाटन कम्पनिका संचालक खेमराज लामिछानेले गर्नु भएको थियो  । कम्पनिले अा.ब.२०७५/७६ मा अधिराज्यभर २० वटा शाखा विस्तार गर्ने लक्ष्य राखेको कम्पनिका सहायक महाप्रवन्धक राजु पौडेलले जानकारी दिनुभयो । देशका सफल उद्योगी ,गैर अावासिय नेपालीद्वारा प्रवर्धन गरिएको कम्पनिको लक्ष्य बिमाको सर्वशुलभ तथा यथोचित सुविधा पुर्याउने उदेश्य रहेको कुरा कम्पनिका अर्का सहायक महाप्रवन्धक अनिलराज गिरीले बताउनुभयो । कार्यक्रममा पुर्वका विभिन्न उद्योगी,ब्यबसायी तथा बैकर्सहरुको उपस्तिथी रहेको  थियो । कम्पनिको विराटनगर शाखा प्रमुखको रुपमा निराजन बस्नेत रहनु भएको छ । कम्पनीको अफिस बिराटनगरको बरगाछीमा रहेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्