मोरङको सुन्दर-हरैचा र बेलवारीमा भएकाे दुर्घटनामा ४ जना घाइते

मोरङको सुन्दर-हरैचा र बेलवारीमा भएकाे दुर्घटनामा ४ जना घाइते

विराटनगर, १४ कात्तिक। मोरङ जिल्लाको छुट्टा-छुट्टै स्थानमा  भएको सवारी दुर्घटनामा परि ४ जना घाइते भएका छन् । मोरङको सुन्दर-हरैचा नगरपालिका-११ बेलेपुरमा मोटरसाईकल अनियन्त्रित भइ दुर्घटना हुँदा २ जना घाइते भएका छन् । भित्री सडक खण्ड अन्तर्गत पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को २६ प ४४४५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक बर्ष २७ को आशिष चौधरी र पछाडी सवार सोही स्थान बस्ने बर्ष २३ को भीमराज धामी घाईते भएका हुन् । दुर्घटनाबाट घाईते दुवै जनालाई उपचारको लागि  नोबेल अस्पताल बिराटनगर ल्याईएकाे छ  । त्यसैगरी बिहान ११ बजेको समयमा बेलबारी नगरपालिका-११ स्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाइते भएका छन् । पूर्वबाट पश्चिम तर्फ जादै गरेको मे ८ प ६५६६ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक झापा कन्काई नगरपालिका-४ सुरुङ्गा बस्ने वर्ष ४० को दुर्गा प्रसाद संग्रौला र पछाडी सवार भद्रपुर नगरपालिका बस्ने वर्ष ३० को टंकोज प्रधान घाइते भएका छन् । दुर्घटनामा परि घाइते दुबै जनालाई  उपचारको लागि न्यूरो अस्पताल बिराटनगर ल्याईएकाे इलाका प्रहरी कार्यालय डाँगीहाटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्