चिसोबाट बच्न के गर्ने ? यस्ता छन् टिप्स !

चिसोबाट बच्न के गर्ने ? यस्ता छन् टिप्स !

बदलिँदो मौसमको प्रभावले धेरैलाई सताउन सक्ने सम्भावना देखिन्छ।

 

दिनप्रतिदिन बढ्दै गएको जाडोले रुघाखोकी, टाउको दुुख्ने र ज्वरो आउनेलगायतका समस्या देखा पर्न सक्छन्। यस्ता रोग हेर्दा सामान्य लागे पनि समयमा नै सही तरिकाले उपचार नगर्दा यसले ठूलो समस्या पनि निम्त्याउन सक्छ। त्यसैले यस्ता समस्यालाई घरमै भएका सामग्रीहरू प्रयोग गरेर पनि उपचार गर्न सकिन्छ। यसरी अपनाइएको घरेलुु उपचार विधिले कुुनै पनि साइड इफेक्ट गर्दैन।

१. घाँटी खसखसाउने र नाक बन्द हुुने समस्या परेमा एक गिलास तातो पानीमा नुुन हालेर घाँटी गललल्ल गर्नुुपर्छ। यसले खसखस त हटाउँछ नै, शरीरमा अन्य कीटाणुुको प्रवेशको सम्भावनालाई पनि घटाउँछ।

२. रुघाखोकीको उपचारमा बेसारको प्रयोग निकै नै लाभदायक मानिन्छ। यस्तो बेलामा शुुद्ध बेसार हालिएको दूध पिएमा यसले निकै आराम मिल्छ। बेसारको एउटा साने टुुक्रालाई बालेर त्यसको धुुवाँ सुुँघ्दा पनि बन्द नाक खुुल्छ र श्वास लिन सजिलो हुुन्छ।

३. रुघाखोकीकै कारणले ज्वरो आएको छ भने पनि पाचन प्रणालीमा असर गर्न सक्छ। त्यसैले चाँडै पच्ने खालको हल्का भोजन गर्नुु राम्रो हुुन्छ।

४. एक गिलास तातो पानीमा कागती निचोरेर त्यसमा एक चम्चा मह मिसाएर खानाले भिटामिन सीको कमी हटाउँछ। यसको सेवन स्वास्थ्यका लागि पनि निकै लाभदायक मानिन्छ।

५. यस्तो बेलामा प्रशस्तै मात्रामा पानी पिउनुुपर्छ र शरीरलाई आरामको पनि जरुरत पर्छ।

६. तुुलसीको पत्ता पनि यसको उपचारको लागि एक अचुुक औषधि हो। यसलाई चपाएर खाने वा पानीमा उमालेर काडा बनाई खान सकिन्छ।

७. तुुलसी, पुुदिना, मरिच र अदुुवाको चिया रुघाखोकी र चिसो भगाउन एक उत्तम उपाय हो।

८. दिनहुुँ एक समय मह र अदुुवाको रसलाई खाने बानीले पनि चिसोबाट बच्न सकिन्छ।

९. लसुुनको सुुप पनि चिसोबाट बच्न धेरै लाभदायक मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्