अर्थमन्त्री खतिवडाले भने,‘लगानी भित्राउने नाममा नेपाल डम्पिङ साईड बन्ने खतरा’

अर्थमन्त्री खतिवडाले भने,‘लगानी भित्राउने नाममा नेपाल डम्पिङ साईड बन्ने खतरा’

विराटनगर, १६ कात्तिक ।
संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले विदेशी लगानी भित्राउने नाममा नेपाल डम्पिङ साईड बन्ने खतरा बढेको बताए । अर्थ मन्त्री खतिवडाले विदेशी लगानी भित्राउने नाममा नेपाललाई डम्पिङ साईड नबनाउने बताए । मोरङ व्यापार संघको ६३ औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले प्रत्यक्ष विदेशी लगानी भित्राउन पूर्वाधारको विकास हुनुपर्ने त्यसका लागि सरकारले पर्याप्त ढोका खुल्ला गरेको बताए ।
सरकारले स्वस्थ कर प्रशासन निर्माण गर्ने उद्देश्यले भ्याट छुटको खेती गर्न बन्द गरेको पनि उनले बताए । भ्याट छुट दिने प्रणालीबाट लोक कल्याण कारी कार्य नभएको बताउँदै उनले भ्याट छुट भन्दा पनि उत्पादनमा अनुदान दिने व्यवस्था गरिएको जानकारी दिए। उद्योग रहे नै बैंक पनि फस्टाउने बताउँदै उनले दुवै क्षेत्रलाई विन–विन हुने अवस्थामा लैजान सरकारले नीतिगत रुपमा काम अगाडि बढाएको बताए ।
कार्यक्रममा बोल्दै प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्वोले उद्योगीलाई प्रोत्साहित गर्ने र निर्यातलाई बृद्धि गर्नेतर्फ प्रदेश सरकारले जोड दिइ रहेको बताए। निर्यातलाई जोड दिने र आत्मनिर्भर बन्ने कुरामा सरकार सँगसँगै निजी क्षेत्रले पनि जोड दिनुपर्ने उनले बताए।
उद्योगीहरूले भने निर्यात प्रवद्र्धन गर्न उत्पादन मूलक क्षेत्रको विस्तार र अन्तराष्ट्रिय बजारको खोजी गर्न माग गरेका छन्। व्यवसायीहरूले निर्यातजन्य उद्योगमा लगानीको आकर्षण हुने किसिमले लगानीकर्तालाई उत्प्रेरित गर्न त्यसैअनुसारको नीति निर्माण गर्न आग्रह गरेका हुन्।
स्वदेशी उद्योगीहरूको क्षमता नपुग्ने ठूला परियोजनामा मात्रै विदेशी लगानी भित्र्याउनुपर्ने बताउँदै मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले सरकारले एफडिआइ भित्र्याउने नीति परिमार्जन गर्नुपर्ने माग गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्