चिनिँया फोटो ग्राफरहरुले खिचेका नेपालका तस्बिरहरुको फोटो प्रदर्शनी शुरु

<span class='c1'>चिनिँया फोटो ग्राफरहरुले खिचेका नेपालका</span> <span class='c2'>तस्बिरहरुको फोटो प्रदर्शनी शुरु</span>

काठमाडौँ, १६ कात्तिक ।
नेपाल पर्यटन बोर्डले मासिक रुपमा आयोजना गरिरहेको ह्यास ट्याग फोटो नेपाल अन्तरगत नोभेम्बर महिनामा हुने प्रदर्शनीमा चिनिँया फोटो ग्राफरहरुले खिचेका नेपालका तस्बिरहरुको प्रदर्शनी शुरु भएको छ । प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रवारबाट आयोजना हुने यस प्रदर्शनी कार्तिक महिनामा १६देखि १८ गतेसम्म बिहान ११ बजेदेखि दिँउसो ४ बजे सम्म भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्डको हाताभित्र आयोजना गरिएको हो ।
यसअघि गत महिना अक्टोबर १ देखि ७ सम्म चीनको शुन्दे जिल्ला, बेइजाओ शहरको कल्चर सेन्टरमा ‘फोटो नेपाल’ प्रर्दशनी भएको थियो । तिनै फोटोहरुको दोश्रो प्रदर्शनी यसपालीको फोटो नेपालमा गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यस पश्चात् यी फोटोहरुको प्रर्दशनी भक्तपुरमा यही नोभेम्बर ६, ७, ८ तारिखमा गरिने भएको छ ।
फोटो मार्फत् पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ गएका वर्षहरुबाटै ‘फोटो नेपाल’का श्रृंखलाहरु नेपाल लगायत विदेशी भूमिमा पनि आयोजना हुँदै आएका छन् । नेपाल पर्यटन बोर्डले यस फोटो नेपालका श्रृंखलाहरुको आयोजना र सहजिकरणको काम गर्दै आएको छ । हिमाल, पहाड अनि तराइको समथर भूमी र त्यहाँ रहने नेपाली अनुहार हाँसो, जीवन अनि भोगाई र शैलीका तस्विरहरु ‘फोटो नेपाल’ मा प्रदर्शन हुँदै आएको छ ।
हरेक फोटो नेपालका प्रदर्शन श्रृंखलाहरु कुनै एक स्थान विशेषका फोटोहरु, सभ्यता र जीवनशैली प्रतिविम्बित गर्ने हेतुले आयोजना गरिएको छ । अर्कोतर्फ बिभिन्न देशका पर्यटक अनि फोटोग्राफरहरुले आउँदा खिचेका फोटोहरुलाई पनि फोटो नेपालले विशेष स्थान दिएर प्रदर्शन गर्दछ, यसपटक चिनिँया फोटाग्राफरका लेन्सका माध्यमबाट भक्तपुरलाई देखाइएको छ ।
भक्तपुरको जीवनशैली, संस्कार, सभ्यता, संरचना अनि नेवारी समाजका हरेक अवयवहरुलाई यस पटकको फोटो नेपालले पस्किने जमर्को गरेको छ । यसका साथै चिनिँया फोटोहरु पनि प्रदर्शनीमा राखिएका छन् । यस प्रदर्शनीले नेपाल र चीनबीचको सांस्कृतिक, ऐतिहासिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने आशा गरिएको छ । नेपालका विभिन्न स्थानहरु र पर्वहरुको सुन्दर फोटोहरु प्रदर्शनीमा राखिएको छ ।
नेपाल पर्यटन बोर्डको चिनिँया बेइजाओ फोटोग्राफी एशोसियसन, नेपाल पर्यटन विकास ब्यवसायी संघ र भक्तपुरको किपाग्राफीको सहकार्यमा फोटो नेपाल’ आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्