विराटनगरका गायक सुमित खड्काको बजारमा आयो नयाँ राष्ट्रिय गीत

विराटनगरका गायक सुमित खड्काको बजारमा आयो नयाँ राष्ट्रिय गीत

विराटनगर, १७ कात्तिक ।
राष्ट्रिय गायक सुमित खड्काद्वारा स्वरबद्ध नेपाली मन गिती एल्बम बजारमा आएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, समाजसेवी देवकिशन मून्दडा, पत्रकार महासंघका अध्यक्ष बन्धु पोखरेल, कवि एवं पत्रकार मीनकुमार नवोदित, गीतकार सरिता तुलाधरलगायतले संयुक्त रुपमा एल्बमको विमोचन गरेका थिए ।
गीतकार कृष्णबहादुर थापाले रचना गरेको एल्बममा शक्ति वल्लभले संगीत भरेका छन् । एल्बममा नेपाली राष्ट्रियता झल्काउने विभिन्न १० वटा गीत रहेका छन् । विमोचन कार्यक्रममा महानगर प्रमुख भीम पराजुली, गायक रामानन्द मण्डल लगायतले नेपालको राष्ट्रियताप्रतिको मोह पछिल्लो पुस्तामा हराउँदै गएको भन्दै राष्ट्रिय गीतले राष्ट्रप्रति समर्पित हुन प्रेरित गर्ने बताए । गायक खड्काले एल्वम भित्र भएका गितको बारेमा जानकारी दिँदै कार्यक्रम मै गित सुनाएका थिए । खड्काले हालसम्म १ सयभन्दा बढी नेपाली राष्ट्रिय गीत गाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्