विराटनगरमा रोयल जाइका रेस्टुरेण्ट संचालनमा आउदै

विराटनगरमा रोयल जाइका रेस्टुरेण्ट संचालनमा आउदै

 

विराटनगर, १८ कातिक । विराटनगरमा रेस्टुरेन्ट भिडमा अर्को रेष्टुरेन्ट सञ्चालनमा आउने भएको छ । विराटनगर–९ गुद्रिमा होटल ‘रोयल जाईका रेस्टुरेन्ट’ सञ्चालनमा आउन लागेको हो । विराटनगरको व्यस्त मानिने गुद्री बजार छेउ सञ्चालनमा आउन लागेको रेस्टुरेन्टमा भेज तथा ननःभेज दुबै खानाको व्यवस्था  गरिने  छ । कात्तिक १९ सोमबार अर्थात भोलीदेखि आधिकारीक रुपमा सञ्चालनमा ल्याईने रेष्टुरेण्टका संचालक तन्बीर कुरेसीले जानकारी दिए ।
रेस्टुरेन्टमा विभिन्न परिकारका खाना पारिवारिक वातावरणमा पस्किने व्यवस्था गरिएको सञ्चालक कुरेसीले बताए । साथै रेस्टुरेन्टमा “मुग्लाई“ खानाको पनि व्यवस्था गरिएको कुरेसीले बताए ।.पछिल्लो समय विराटनगरमा एक पछि अर्को गर्दै होटल तथा रेष्टुरेण्टमा लगानी गर्नेहरु बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्