मोरङको बेलवारीबाट प्रहरीले लियाे घरेलु मदिरा नियन्त्रणमा

मोरङको बेलवारीबाट प्रहरीले लियाे घरेलु मदिरा  नियन्त्रणमा

विराटनगर, १८ कात्तिक ।
मोरङको बेलवारी नगरपलिका-१० बाट प्रहरीले आईतबार अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले मे १ प ४२९५ नम्बरको मोटरसाईकलमा लोड गरेर ल्याउदै गरेको अवस्थामा १२० लिटर घरेलु मदिरा फेला पारी बरामद गरेको थियो । मदिरा ओसार-पसरमा संलग्न व्यक्ति प्रहरीको टोलीलाई देख्नासाथ मोटरसाईकल छाडेर फरार भएका थिए । बरामद मदिरा र मोटरसाईकल इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्