विराटनगरकी मोडल स्वीकृती प्याकुरेलको अभिनयमा आयो ‘उल्लु’

विराटनगरकी मोडल स्वीकृती प्याकुरेलको अभिनयमा आयो ‘उल्लु’

विराटनगर,१८ कातिक । विराटनगरकी मोडल स्वीकृति प्याकुरेलले अभिनय गरेको म्यूजिक भिडीयो सार्वजनिक भएको छ । पप गायिका रेस्मा सुनवारले गाएको नयाँ गीत ‘उल्लु’को म्यूजिक भिडियोमा प्याकुरेलले अभिनय गरेको म्यूजिक भिडियो सार्बजनिक भएको हो ।
स्वीकृतीको साथमा अनुराग, दिचेन र स्मिताले पनि अभिनय गरेका छन् । निक्कै नै गितहरुमा चर्चा बटुल्दै आएकी गायिका सुनुवारले उल्लु गित पनि निक्कै नै राम्रो रहेको बताईन् । मानिस कसरी उल्लु हुन्छन भन्ने म्यूजिक भिडियोको मूल मर्म रहेको गायिका रेस्मा सुनवारको भनाई छ । मोडल स्वीकृती प्याकुरेलले यो म्युजिक भिडियोमा राम्रो अभिनय गरेको उनले बताईन् । यस म्युजिक भिडियोको निर्देशन बिभोर पोखरेलले गरेका छन् भने संगीत गायिका रेस्मा सुनवारकै रहेको छ । सम्पादन सुप्रिम पराजुलीले गरेका छन् भने अनिल के मानन्धरको सिनेमाटोग्राफी रहेको छ ।

https://www.youtube.com/watch?time_continue=1&v=g3kLERXCU6U

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्