पार्टीभित्र मौरीजस्तो एकता हुनुपर्छ : मन्त्री पण्डित

पार्टीभित्र मौरीजस्तो एकता हुनुपर्छ : मन्त्री पण्डित

विराटनगर कार्तिक १९ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पार्टीभित्रको एकता मौरी जस्तो हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी मोरङ र प्रेस सङ्गठन मोरङले यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले गङ्गटा प्रवृत्तिको अन्त्य गरी मौरी एकता भएमा मात्र पार्टीले गति लिनेछ भन्नुभयो ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले चाडपर्वले नेपालीलाई एकतामा बाँध्ने गरेको बताउनुभयो । सामाजिक विकासमन्त्री जीवन घिमिरेले समाज बदल्नमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउँदै कलम अझै परिस्कृत होस् भन्नुभयो ।

उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल, नेकपा केन्द्रीय सदस्यद्वय विनोद ढकाल, महेश रेग्मी, प्रेस चौतारी नेपालका उपाध्यक्ष लीलाराज भट्टराई, पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेल, मोरङ अध्यक्ष बन्धु पोखरेललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्