बिराटनगर कार्तिक १९ , बिराटनगरमा सुपर-६ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । मधुमारा युथ क्लबको आयोजनामा यहि कार्तिक २२ गतेदेखि उक्त प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता नक आउट फर्म्याटमा खेलाइने छ भने ८ टिमले प्रतिस्पर्दा गर्ने भएका छन् । उक्त प्रतियोगिताको बिजेताले दश हजार र उपबिजेताले चार हजार नगद पुरस्कार स्वरूप पाउने छ । उक्त प्रतियोगितामा खेल ६ ओवर र ६ जना हरेक टोलीमा खेलाडी हुनेछन । प्रतियोगिताको खेलहरु हाटखोलाको खेल मैदानमा हुनेछ  ।

प्रतिक्रिया लेख्नुहोस