न्यु रिलिजः पूर्बकी गायिका गंगाको तिहार गित ‘देउसी भैलो’ सार्बजनिक (भिडियाे सहित)

न्यु रिलिजः पूर्बकी गायिका गंगाको तिहार गित ‘देउसी भैलो’ सार्बजनिक (भिडियाे सहित)

विराटनगर, १९ कात्तिक ।
पुर्बकी कलाकार तथा दोहोरी गायिका गंगा गौतम आचार्यको तिहारको गित ‘देउसी भैलो’ साबैजनिक भएको छ । ईटहरीलाई कर्मथलो बनाएकी गायिका गाैतमले हरेक बर्ष तिहारको रमाईलो समझमलाई थप रमाईलो पार्न ‘देउसी भैलो’ सार्बजनिक गरेकी हुन । उनले ल्याएको गित ईटहरीमा नै छायाँङकन गरिएको भएपनि यो गितले सबैको अपनत्व हुनेगरी गित सार्बजनिक भएको गायिका गाैतमले बताईन् । बजारमा आएको नयाँ ‘देउसी भैलो’ गितमा स्वर गंगा गौतम आचार्य र टिका घिमिरेले दिएका छन् । त्यस्तै संगित रुद्र श्रेष्ठ र गितको एरेञ्ज कुन्दन राईले गरेका छन् ।

यस्तो भिडियो-

https://www.youtube.com/watch?v=5Lv8WfV1wjU&feature=share&fbclid=IwAR0U7eiBo33pFQ5-URGuCFPruWU2kiMFXqJYmzGr2-RE0QfUax_zVj0YAMo

२०३६ सालमा जन्मिएकी गायिका गंगा गौतम आचार्य अहिले इटहरीमा बस्दै आएकी छन् । १४ वर्षदेखि गीत गाउन थालेकी गंगाले पूर्वमा एउटा थीति बसाइन्, जुन पूर्वेलीले लोक दोहोरी गाउन सक्छन् भन्ने । उनले गीत गाउने र अरुले गीत गाउने तरिका फरक छ । उनले गाएको गीतको प्रशंसकहरु पनि एक नम्बर प्रदेशमा मात्र छैनन्, उनले देशका धेरै स्थानमा पुगेर गीत गाइसकेकी छिन् । उनले यस अघि पनि तिहारलाई नै लक्षित गरी देउसी भैलो गित नै ल्याएकी थिईन् । (प्रस्तुती : सुमन सुस्केरा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्