विराटनगरमा भएको मिस नेवा कोशी २०१८ को उपाधी सुधा श्रेष्ठलाई

विराटनगरमा भएको मिस नेवा कोशी २०१८ को उपाधी सुधा श्रेष्ठलाई

प्रेम देवान ।
विराटनगर, १९ कातिक । विराटनगरको नमस्कार होटलमा भएको दोस्रो संस्करणको मिस नेवा कोशी २०१८ को उपाधी विराटनगरकी सुधा श्रेष्ठले हात पारेकी छिन् । मञ्जिना मुभि क्रिएसनले आयोजना गर्दै आएको दोस्रो संस्करणको मिस नेवाको उपाधीसंगै सुधाले ५ लाख बराबरको जीवन विमा प्राप्त गरेकी छिन् । त्यसैगरी मिस नेवा कोशी २०१८ को फष्ट रनरअप मनिसा शाक्य भईन भने सेकेन्ड रनरअप आश्मा तुलाधर हुन सफल भईन् ।
त्यसैगरी प्रतियोगिताको मिस ट्यालेन्टको टाईटल मनिशा शाक्य, पिपुल च्वाईस एलिना श्रेष्ठ, फोटो जेनिक आरजु श्रेष्ठ, मिस एथलेटिक्स सुवेक्षा ताम्राकार, वेष्ट ड्रेसअप नियती प्रधान, वेष्ट प्रसनलेटी अरजु श्रेष्ठ, मिस क्याटवाट रुजा शाक्य, वेष्ट फ्रेण्डसिप एलिना श्रेष्ठ, वेष्ट डिसीपिलिनस्नेहा श्रेष्ठ , वेष्ट चार्मिङ तमन्ना श्रेष्ठ, वेष्ट स्माईल सिर्जना श्रेष्ठले प्राप्त गरेका थिए ।
मिस नेवा कोशीको निर्णयक मण्डलहरुमा नायिका सञ्चिता लुईटेल,जयनसुब्बा मानन्धर, दिवश सुवेदी, सन्देशदास श्रेष्ठ, र रस्मिला प्रजापति रहेका थिए । कार्यक्रममा स्थानिय टच डान्स स्टुडियो, हास्य कलाकार पारस थापा, गायक सुमित खड्काले मनोरञ्जन प्रदान गरेको मञ्जिना मुभि क्रिएसनका निर्देशक जतिन ताम्राकारले जानकारी दिए ।
मञ्जिना मुभि क्रिएसन विराटनगरले गत बर्षदेखि नेवारी समुदायका किशोरीहरुमा भएको प्रतिभा प्रस्टफुटन गराउने उदेस्यका साथ मिस नेवा कोशी २०१८ गर्दै आएको ताम्रकारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्