विद्यालयबाट प्रधानाध्यापकसहित ८० विद्यार्थीलाई अपहरणमा परे

विद्यालयबाट प्रधानाध्यापकसहित ८० विद्यार्थीलाई अपहरणमा परे

कुनै पनि पृथकतावादी संगठनले अहिलेसम्म घटनाको जिम्मेवारी लिएको छैन । सेनाका अधिकारीहरूले बताएअनुसार, राष्ट्रपति पल बियाको सरकारको विरोध गर्दै पृथकतावादीहरूले उक्त क्षेत्रमा कर्फ्यु लगाएका छन् ।

उनीहरूले प्रदर्शनका बेलामा विद्यालयहरू बन्द राख्न धम्की दिएका थिए तर सोमवार स्कूल खुलै रह्यो ।

सेनाका अधिकारीहरूका अनुसार, सबै बालबालिकालाई जंगल लगिएको छ । सरकारी प्रवक्ताले बालबालिकालाई खोज्नका लागि अभियान शुरू गरेको बताएपनि कुनै सफलता हात परेको छैन ।

क्यामरूनमा पृथकतावादीहरूको शान्तिपूर्ण प्रदर्शनमा सरकार कडा रहँदा सन् २०१७ बाट हिंसक आन्दोलन शुरू भयो । त्यसपछि धेरै मानिस बमेन्दा समेत अन्य इलाका छोडेर शान्तिपूर्ण क्षेत्रतर्फ गए ।

एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्