सजिन थाले विराटनगरका खोला–नहर– तलाउ– पोखरी, छठको रौनक शुरु (फाेटाे फिचर)

सजिन थाले विराटनगरका खोला–नहर– तलाउ– पोखरी, छठको रौनक शुरु (फाेटाे फिचर)

प्रेम देवान ।
विराटनगर, २५ कात्तिक । विराटनगर १२ का विकास महतो आईतबार विहानै हातमा हसिया अनि कोदालो लिएर रानी सिकीयाईमा रहेको नहर सफा गर्न ब्यस्त थिए । सुनसरी मोरङ सिचाई आयोजनाको पानी बग्ने नहर सफा गर्न विहानैदेखि आफ्ना भाई अनि छिमेकी साथीभाईसँग नहरको फोहोर सफा गर्न भ्याईनभ्याई देखिन्थे । भाईटीकाको भोलीपल्टदेखि नहर सफा गर्न थालेको उनले बताए ।
उनी जस्तै विराटनगर १३ रानी सिकीयाई नहर घर भएकी पुजा श्रेष्ठ पनि हातमा कोदालो लिएर आफना भाईसँग नहर सफा गर्दै थिईन् । नेपालीहरुका दुई ठूला चाड दशैं र तिहार लगत्तै छठको चहल पहल शुरु भएको हो । विशेष गरी छठपर्व तलाउ पोखरी,ताल तलैया लगायतका जलाशयमा पानी भित्र बसेर सुर्यको पुजा आराधाना गर्ने पर्ब हो ।
यसका लागि यतिबेला विराटनगरमा रहेका विभिन्न नहर तथा नदी नालाहरु सरसफाई गर्न आम सर्वसाधारणहरु व्यस्त छन् । सुनसरी – मोरङ सिचाई आयोजनाको नहर , केशलिया खोला, सिँघिया खोला, पोखरियामा रहेको परोपकार घाट, रानीमा रहेको मन्टा पोखरीमा सरसफाई गर्नेहरुको भिड लागेको हो ।
सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न जलाशयहरु विभिन्न संघसंस्था र यूवा क्लबले सरसफाइ गरी बिजुली, पण्डाल लगायतको व्यवस्था मिलाउन थालिसकेका छन् ।
बजारमा सामाग्री खरिदहरुको भिड
छठ पर्वकोलागि विराटनगरका बजारमा आवश्यक सामाग्री खरिदहरुको भिड पनि उतिकै बढेको छ । खास गरी तराई मधेशका जिल्लाहरुमा छठ पर्व धुमधामका साथ मनाउने गरिन्छ । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन् । बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्री लगायत छठ पर्वमा आवश्यक नरिवल जस्ता फलफुल किनमेल गर्न स्थानीयवासी व्यस्त भएका हुन ।
चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासना छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा छठ समापन हुने गर्दछ । पछिल्लो समय मैथिल समुदायले भन्दा पनि सबै क्षेत्र र समुदायले यो पर्व सबै समुदाय विच लोकप्रिय हुँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्