विराटनगर । विराट व्यापार संघले सोमबार एक विशेष कार्यक्रमको आयोजना गरी होलि मिलन कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, विराटनगर महानारपालिकाका मेयर नागेश कोईराला र संघ अध्यक्ष अंशु बन्जाराले शान्तीको प्रतिक परेवा उडाएर होली मिलन कार्यक्रमको सुरुवात गरेका थिए ।
संघले विगत २ दशक भन्दा लामो समयदेखी होली पर्वको अवसरमा व्यापारी एकता कायम राख्दै भाइचाराको आपसी सम्बन्धलाई प्रगढ बनाउन होली मिलन मिलन कार्यक्रम गर्दै आएको छ ।
विराटनगरको मारवाडी सेवा सदनमा आयोजना गरीएको होली मिलन कार्यक्रममा प्रदेश सरकार र स्थानीय तह सरकारका उच्च श्रेणीका कर्मचारी, जनप्रतिनिधि, विभिन्न राजनितिक दलका नेता गण ,उद्योगी व्यवसायीहरूको छाता संगठन पदाधिकारीहरू होली मिलन समारोहमा सहभागी रहेको थियो । कार्यक्रमका अतिथीहरुले रंगहरुको पर्व होलीले सामाजिक सदभाव, राष्ट्रिय एकतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए ।
होलीलाई शान्तिपूर्ण र विकृतिरहित रुपमा मनाउन सम्पूर्ण नागरिकहरुलाई आग्रहसमेत गरेका थिए ।
विराट व्यापार संघका अध्यक्ष अंशु बन्जाराले विराटनगरमा रहेका साना तथा व्यापारीहरुलाई एकावद्धता गराएर विगत लामो समयदेखी होली मिलन कार्यक्रम गर्दै आएको बताए । व्यापारी तथा आम विराटनगरवासी विच होली मिलन कार्यक्रमले आपसी भाईचारा तथा सामाजिक सदभाव कायम रहोस भनेर हरेक बर्ष होली मिलन कार्यक्रम आयोजना गर्दै आएको बन्जराले जानकारी दिए ।