गायक तथा लेखक गंगालाल श्रेष्ठ ‘बरदान’ माथि वेलवारीमा गाडी कर्मचारीबाट आक्रमण

गायक तथा लेखक गंगालाल श्रेष्ठ ‘बरदान’ माथि वेलवारीमा गाडी कर्मचारीबाट आक्रमण

काँकडभित्ताबाट धरान जाँदै गरेको मिक्लुङ यातायातको बसका कन्डक्टर रोशन श्रेष्ठ र सहचालक सुजन श्रेष्ठले बेलबारीको लालभित्तीमा श्रेष्ठलाई कुटपिट हुन् । सिटकाे विषयमा विवाद हुँदा घटना भएकाे हाे । प्रहरीका अनुसार गायक श्रेष्ठलार्इ गाडीका सहचालक र कन्डक्टरले धकेलेकाे स्विकारेका छन् । गायक श्रेष्ठ भने अाफूमाथि अाक्रमण भएपछि प्रहरी चाैकी पुगेका थिए । प्रहरीले गाडी र गाडीका चालक निरन घिमिरे र सहचालक श्रेष्ठलाई पक्राउ गरेको छ। कन्डक्टर रोशन श्रेष्ठलाई प्रहरीले खोजिरहेको छ । श्रेष्ठको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । श्रेष्ठका ‘छपनीले छान छान, डबकीले हान’, कहाँमा काट्यो बेतको लौरी, सिमसिम पानी कान्छी नानीलगायतका गीत चर्चित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्