प्रदेश १ का कृषि कार्यालयहरूलाई बजेट तथा कार्यक्रमको अख्तियारी हस्तान्तरण

प्रदेश १ का कृषि कार्यालयहरूलाई  बजेट तथा कार्यक्रमको अख्तियारी हस्तान्तरण

विराटनगर, २६ कात्तिक। प्रदेश नं १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आफ्नो मातहतका निर्देशनालय, सेवाकेन्द्र लगायत सम्पूर्ण कार्यालयलाई बजेट तथा कार्यक्रमको अख्तियारी हस्तान्तरण गरेको छ । मन्त्रालयले हालै विराटनगरमा अभिमुखीकरण कार्यक्रम गर्दै आफूमातहतका सम्पूर्ण निकायलाई बजेट तथा कार्यक्रम सञ्चालनको अख्तियारी हस्तान्तरण गरेको हो । मन्त्रालयले बजेट तथा कार्यक्रमको अख्तियारी हस्तान्तरण गरेसँगै मातहतका निर्देशनालय, विभिन्न जिल्लामा ११ ओटा ज्ञानकेन्द्र, तीनओटा कृषि ज्ञानकेन्द्र सम्पर्क केन्द्र, कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालीम केन्द्र र विभिन्न स्थानमा आठओटा फार्मकेन्द्रलाई कार्यक्रम सञ्चालनका लागि बाटो खुलेको छ ।

कार्यक्रममा प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश सरकार निर्वाहमुखी कृषिलाई व्यावसायिक तथा आधुनिक बनाई आत्मनिर्भरता बढाउन लागिपरेको बताए ।

प्रदेश सरकारले आगामी ५ वर्षभित्र कृषिको आधुनिकीकरण गरेर पराम्परागत कृषि प्रणाली अन्त्य गर्ने उनको भनाइ छ । प्रदेश नं १ का प्रमुख सचिव केदार न्यौपानेले नयाँ संरचना भएकाले काम गर्न केही कठिनाइ भए पनि आफ्नो अधिकार र कार्यक्षेत्र बुझेर प्रभावकारी काम गर्न मन्त्रालयका सचिव र अन्य कार्यालयका प्रमुखहरूलाई निर्देशन दिए । मन्त्रालय मातहत अहिलेसम्म कृषि विकास निर्देशनालय, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय, विभिन्न जिल्लामा ११ ओटा ज्ञानकेन्द्र, तीनओटा कृषि ज्ञानकेन्द्र सम्पर्क केन्द्र, कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालीमकेन्द्र र विभिन्न स्थानमा आठओटा फार्मकेन्द्र स्थापना भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्