विराटनगरको दरैया वस्तीमा छक्का पञ्जाकी कलाकार दिपाश्री निरौला सहभागी हुने

विराटनगरको दरैया वस्तीमा छक्का पञ्जाकी कलाकार दिपाश्री निरौला सहभागी हुने

विराटनगर, २७ कातिक । विराटनगर १६ दैरैया वस्तीमा छक्का पञ्जाकी निर्देशक तथा कलाकार दिपाश्री निरौला लगायत आधा दर्जन कलाकारहरुको उपस्थितीमा विशेष छठ सांस्कृतिक साँझ २०७५ हुने भएको छ । ईन्द्रेणी कला प्रतिष्ठानले आयोजना गर्न लागेको “छठ साँस्कृतिक साँझ २०७५” अन्र्तगत कातिक २७ गते साँझ ७ बजेदेखी साङ्गीतिक कार्यक्रम गरिने प्रतिष्ठानका अध्यक्ष रामा मण्डलले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय गायक रामा मण्डल, दिपाश्री निरौला, नितिन गजुरेल, प्रवलदिप विश्वास, निरज व्ल्याक,राधा मण्डल, विनोद श्रेष्ठ र विराटनगरका हाँस्य कलाकार पारस थापाको समेत प्रस्तुति रहने जनाईएको छ । कार्यक्रममा उपस्थित कलाकारहरुले आ– आफ्नो प्रस्तुति दिएर भरपुर मनोरञ्जन दिने भएका छन् । सूर्यदेवको आरधना, उपासना र पूजाकोलागि आवश्य पर्ने पू्जा सामग्री किन्नेको बजारमा भीड लागेको छ । यो पर्वमा केरा, उखु, नरिवल लगायतका फलफूल, बाँसद्वारा निर्मित नाङ्लो, ढकी, आवश्यक पर्छ ।
त्यसैगरी, माटोबाट निर्मित पाला, हात्ती, घैला लगायत सामग्री र महिलाले लगाउने वस्त्र, गरगहना चाहिन्छ । पर्वमा यी सामग्रीको खरीद बिक्रीले राम्रो कारोबार पाउँछ । छठ पर्वमा अर्घका रुपमा ठेकुवा, भुसुवा चढाइन्छ । सूर्यको उपासना गरी मनाइने छठ पर्व अन्तरगत आज दोस्रो दिन खरना मनाइदैँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्