विराटनगर भन्सारमा कम राजस्व सङ्कलन

विराटनगर भन्सारमा कम राजस्व सङ्कलन

विराटनगर, २७ कात्तिक। विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आवको पहिलो चौमासिकमा रू. १२ अर्ब ४७ करोड राजस्व उठाएको छ । सो अवधिमा कार्यालयले १२ अर्ब ७५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

कार्यालयले कात्तिकको २५ गतेसम्ममा रू. २ अर्ब ४२ करोड राजस्व उठाएको छ । यो महीनामा ३ अर्ब ४० करोड राजस्व उठाउने लक्ष्य राखे पनि चाडपर्वका कारण लक्ष्यअनुसारको राजस्व उठाउन नसकेको कार्यालयको भनाइ छ ।

कार्यालयले साउनमा २ अर्ब ९९ करोड, भदौमा ३ अर्ब ७९ करोड र असोजमा ३ अर्ब ९७ करोड रुपैयाँ राजस्व उठाएको छ । चालू आवमा कार्यालयले रू. ४२ अर्ब ५३ करोड राजस्व उठाउने लक्ष्म राखेको अधिकृत राजेन्द्र थापाले जानकारी दिए । अार्थिक अभियान दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्