बुहारी कुट्दा विराटनगरमा आमाजू र श्रीमान् प्रहरी खोरमा

बुहारी कुट्दा विराटनगरमा  आमाजू  र श्रीमान् प्रहरी खोरमा

विराटनगरः बुहारी कुट्दा विराटनगरमा एक महिलाले प्रहरी खोरमा पुगेकी छिन्  । विराटनगर–१ की देविका कँडेलले आफूलाई श्रीमान् र आमाजूले यातना दिएको भन्दै प्रहरीमा उजुरी दिएपछि  होमा घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । उनी  तरुण दलको पूर्व केन्द्रीय सदस्य पनि हुन् ।  आफूलाई विवाह गरेर ल्याएको ५ वर्षसम्म विवाह दर्ता नगरिदिएको र छोरी जन्मेको ३ वर्ष हुँदा पनि जन्मदर्ता नगरिदिएको गुनासो कँडेलले गर्दै अाएकी थिईन् । उनका दाजु कृष्ण कँडेलले बहिनीलाई कानुनी रूपमा स्वीकार गर्न नसक्दा समस्या निम्तिएको बताए । हरेक दिन यातना दिने गरेका कारण सहन नसकी बहिनीले न्याय खोज्न प्रहरी कार्यालय पुगेकी बताए । जिल्ला प्रहरी कार्यालयले पीडित कँडेलका श्रीमान् खगेन्द्र र आमाजू होमालाई नियन्त्रणमा लिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्