विराटनगरमा आज म्यूजिकल फिस्टामा साँस्कृतिक साँझमा लाहुरे दमदार

विराटनगरमा आज म्यूजिकल फिस्टामा साँस्कृतिक साँझमा लाहुरे दमदार

प्रेम देवान
विराटनगर, २७ कार्तिक । नेपालका चर्चित युवा यापर पप गायक आशिष राना उर्फ लाहुले आज विराटनगरमा देखा पर्दैछन् । विराटनगर १ शान्तिचोक पानी ट्याङ्गकीमा हुन लागेको म्युजिकल फिष्टा २०७५मा यापर लाहुरे आँदैछन् । उनको साथमा उनका सहयोगी डिजे म्यान सुुष पोईजन पनि आउने भएका छन् ।
विराटनगरमा हरेक वर्ष हुदै आएको सांगीतिक कार्यक्रम ‘म्यूजिकल फिस्टामा’ स्थानिय २ वटा व्याण्डको पनि प्रस्तुति रहने आयोजक समितिका संयोजक सेन्ट्रो महतले जानकारी दिए । छठ पुजाको उपलक्ष्यमा आयोजित सांगितीक कार्यक्रममा विराटनगरको स्मृति ब्याण्ड, ग्रिन लिफ ब्याण्डको समेत प्रस्तुती रहने छ ।
त्यस्तै कार्यक्रमलाई अझ भव्य बनाउन धरानमा रहेको गरिमा डान्स सेन्टरका कलाकाहरूले समेत नृत्य रहने जनाईएको छ । लाहुरेका विराटनगरमा रहेका फयान्हरुलाई करिब ४५ मिनेट सम्म लाहुरेले निरन्तर आफ्नो प्रस्तुति दिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्