महालक्ष्मी विकास बैंक विराटनगर शाखाद्वारा निबन्ध लेख्ने तीन जनालाई पुरस्कार

<span class='c1'>महालक्ष्मी विकास बैंक विराटनगर शाखाद्वारा</span> <span class='c2'>निबन्ध लेख्ने तीन जनालाई पुरस्कार</span>

काठमाडौं, २७ कात्तिक।  महालक्ष्मी विकास बैंक विराटनगर शाखाले 'यौनजन्य हिंसा :- कारण, रोकथाम र नागरिकको भूमिका' विषयमा निबन्ध लेख्ने तीन जनालाई पुरस्कार दिएको छ। ६३औँ प्रहरी दिवसको अवसरमा विराटनगरमा यस विषयमा निबन्ध प्रतियोगित गरिएकामा उत्कृष्टलाई महालक्ष्मी विकास बैंकको तर्फबाट पुरस्कार दिइएको हो। बैंकले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत यस्ता कार्यक्रम गर्दै आएको जनाएको छ। प्रदेश १ का मुख्यमन्त्री शेरधनको राईको उपस्थितमा प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार दिइएको महालक्ष्मी विकास बैंकले जनाएको छ। वर्तमान परिस्थितिमा देशमा विभिन्न यौनजन्य अपराध बढिरहेको अवस्थालाई मध्यनजर गर्दै संभावित रोकथामका उपायहरू उजागर गर्ने उद्देश्यले बैंकले 'यौनजन्य हिंसा : कारण, रोकथाम र नागरिकको भूमिका' विषयमा  निवन्ध प्रतियोगिता राखिएको थियो। प्रतियोगितमा प्रदेश १ अन्तर्गतका १४ जिल्लाका स्कुलहरूबाट नौ, १०, ११, र १२ कक्षामा अध्ययनरत प्रतिनिधि विद्यार्थीको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्