अबैध सम्बन्ध ढाकछोप गर्न मोरङकाे सुनवर्षीमा पत्नीद्वारा पतिको हत्या

अबैध सम्बन्ध ढाकछोप गर्न मोरङकाे सुनवर्षीमा  पत्नीद्वारा  पतिको हत्या

विराटनगर, २७ कात्तिक । अबैध सम्बन्ध ढाकछोप गर्न मोरङमा एक पत्नीले आफ्नो श्रीमानको हत्या गरेकी छिन् । मोरङको सुनवर्षी नगरपालिका ३ की ३० बर्षिय फुलमुनी हेमरमले आफनो प्रेमी २४ बर्षिय मदन मुर्मुसँग मिलेर ४५ बर्षिय श्रीमानको सोहिम हेमरमको हत्या गरेको खुलेको छ । प्रेमीसँगको सम्बन्ध श्रीमानले थाहा पाएपछि मोरङको सुनवर्षी नगरपालिकाकी फुलमुनी हेमरमले प्रेमी मदन मुर्मुसँग श्रीमानको सोहिमको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरीका अनुसार गत शनिबार सोहिम श्रीमान श्रीमतीबीच दिनभरी झगडा भएको थियो । हेमरन र फुलमुनीको झगडा भएपछि छिमेकीसमेत रहेका मदनले हेमरनलाई घरबाट लगेर मदिरा सेवन गराएका थिए ।

मदिरा सेवन गरी राति मदनसँगै फर्किएका सोहिमले पुन श्रीमतीसँग झगडा गरेपछि फुलमुनीले पिर्काले प्रहार गरेकी थिइन् । पिर्काले कन्चटमा लागेपछि लडेका सोहिमलाई मदन र फुलमुनीले मिलेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्