विराटनगर,२८ कात्तिक । मोरङको रंगेली नगरपालिका-३ चेका भन्ने स्थानबाट प्रहरीले लागूऔषध गाँजा सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । गाँजा सहित भारत बंगाल कुस बिहार घर भई हाल आनन्द ईटा भट्टामा लेवर काम गर्दै आईरहेका बर्ष ३० को हेमन्त बर्मनलाई पक्राउ गरेको हो । बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले बर्मनको कोठामा खानतलासी गर्ने क्रममा अढाई किलो लागूऔषध गाँजा बरामद गरेको हो । बरामद गाँजा सहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।