प्रदेश १ सरकारले देखायो अाफ्नाे साँस्कृतीक पहिचान, विराटनगरमा भब्य साँस्कृतिक महाेत्सव

प्रदेश १ सरकारले देखायो अाफ्नाे साँस्कृतीक पहिचान, विराटनगरमा भब्य साँस्कृतिक महाेत्सव

विराटनगर, २८ कात्तिक ।
एक नम्बर प्रदेश सरकारले नेपालीहरुको राष्ट्रिय चाडपर्बको अवसर पारेर छठ पर्ब बिशेष साँस्कृतिक महोत्सव गरेको छ । प्रदेश १ को कला संस्कृतीलाई झल्कने गरी बिभिन्न झाँकीहरु प्रस्तुत गरिनुको साथै बिभिन्न नृत्य प्रस्तुत भएका छन् । बिभिन्न समुदायको १४ वटा झाँकीहरु सहितको मौलिक कला झल्कने नृत्य प्रस्तुत भएको हो । सुनसरीको दुहबी नगरपालिकाले उपलब्ध गराएको थारु महिला सांस्कृतीक नृत्य, धनपालथान गाउँपालिकाको राजबंशी झाँकी सहितको नृत्य प्रस्तुत भए । त्यस्तै विराटनगर महानगरपालिकाको मुस्लीम सहवाजिया तथा मुस्लिम बालिकाहरुले झाँकी समेत प्रस्तु गरे ।
हरेक तिहारको भाईटिका देखि एकादशीसम्म पुर्बमा नाच्ने मगर समुदायको हुर्रा नाच नाच्दै स्थानीय संस्कृती झल्काउने खालका झाँकी देखाए । त्यस्तै सुनसरीको गढी गाउँपालिकाको उराउ नृत्य, दुहवी नगरपालिकाकाले थारु महिला साँस्कृतिक नृत्य प्रस्तुत भयो । त्यस्तै मोरङको कटहरी गाउँपालिकाको बाँतर नृत्य, पथरी नगरपालिकाको राई साकेला सिल्ली नृत्य देखाईएको थियो भने रंगेली नगरपालिकाका जनप्रतिनिधि स्वयम आ–आफ्नो जातिय पोशाकमा सजिएर आएका थिए । त्यस्तै झापाको दमक नगरपालिका धिमाल नृत्य प्रस्तुत गर्दा कार्यक्रममा सहभागीहरुले वाहवाही गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन प्रदेश १ का कार्यवाहक मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालीहरुको साँस्कृतिक पर्बको अबसरमा सबैको कला र संस्कृतीको जगेर्ना गर्ने काम शुरु भएको बताए । अहिले सरकार प्रतिको अपेक्षा धेरै रहेको तर जनताले आफ्नो कर्तब्यको बारेमा पनि गम्भीर हुने हो भने हामीले सोचेको जस्तो एक नम्बर प्रदेशलाई समृद्ध बनाउन सकिने स्पष्ट पारे । उनले प्रदेशको कला संस्कृतीको जगेर्ना गर्ने काम पनि प्रदेश सरकारको नै दायित्व भित्र रहेकोले त्यसैलाई आधार बनाएर पहिलो पटक प्रयोगको रुपमा यो कार्यक्रम गरिएको स्पष्ट पारे । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले नेपालीहरुको महान पर्ब दशै तिहार, छठ, बकरईद तथा उधौली उभौलीका् सेरोफेरो पारेर छठ पर्बको अवसरका कार्यक्रम आयोजना गरिएको बताए । उनले यसरी गरिने साँस्कृतीक महोत्सवले कला संस्कृती जातिय पहिचान स्थापित गर्नमा महत्वपुर्ण सावित हुने स्पष्ट पारे । कार्यक्रममा प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङ, सभामुख प्रदिपकुमार भण्डारी, प्रदेश सांसदहरु, स्थानीय तहका प्रमुखहरु तथा एक नम्बर प्रदेशका बिभिन जिल्लाका साँस्कृतीक क्षेत्रका ब्यत्तिहरु लगायत प्रदेशबासीको उपस्थिती रहेको थियो ।
तस्विर : सुमन सुस्केरा/अाेवी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्