न्युरोको विश्व मधुमेह दिवसमा निःशूल्क मधुमेह परामर्श

न्युरोको विश्व मधुमेह दिवसमा निःशूल्क मधुमेह परामर्श

विराटनगर, २८ कात्तिक । आधुनिक जिवनशैलीका कारण विश्वमा मधुमेहका बिरामी बढदो क्रममा छन । यसै कुरालाई मनन गरी आज विभिन्न सचेतना गरि विश्व मधुमेह दिवस मनाईएको छ । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.लि. ले पनि विगत वर्षहरु झैं यस वर्ष पनि निःशूल्क मधुमेह परामर्श तथा निःशूल्क सुगर जाँच गरेको छ । सवै जाँचमा २५% छुटको व्यवस्था गरेको हो । बरिष्ठ फिजिसियन डा. केशर बहादुर गुरुङ्ग तथा मेडिकल अफिसर डा. साहिल द्धारा स्वास्थ्य परिक्षण गरिएको कार्यक्रममा डाइवेटिक काउन्सेलर शेखर प्रसाद प्याकुरेलले मधुमेह बारेमा सचेतना दिएका थिए ।
एक सय २७ जनाको सुगर जाँच गरिएको उतm कार्यक्रममा नेशनल हेल्थकेयरद्धारा निशूल्क औषधी समेत वितरण गरिएको थियो । यसै अवसरमा अब प्रत्येक शनिवार नियमित गर्नुपर्ने जाँचहरु जस्तै सुगर तथा थाइराइड मा अस्पतालद्वारा ५०% छुटको व्यवस्था गरिएको तथा अस्पतालले समय समयमा विभिन्न निःशूल्क स्वास्थ्य शिविरहरु तथा स्वास्थ्य सम्बन्धि विश्व दिवसहरु मनाउदै आम मानिसमा स्वास्थ्य सचेतना गर्दे आईरहेको र यसलाई निरन्तरता दिने अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराइले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्