अब श्रमिकले पनि पेन्सन पाउने

अब श्रमिकले पनि पेन्सन पाउने

विराटनगर, २९ कात्तिक । श्रम ऐन लागू भएका संस्थामा कार्यरत श्रमिक तथा योगदानकर्ताले वृद्धावस्थामा निवृत्तिभरण (पेन्सन) पाउने भएका छन् । सामाजिक सुरक्षा आयोजना कार्यविधि ०७५ को मस्यौदामा वद्धावस्था सुरक्षा योजनाका लागि रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट निश्चित प्रतिशत जम्मा गरिदिएर उक्त रकमबाट पेन्सन दिने व्यवस्था गरिएको छ।

पेन्सन योजना ०७६ साल साउन १ गतेपछि लागू हुने छ। यो खबर आजको नागरिक दैनिक लेखेकाे छ, काम गर्ने उमेरमा श्रम गरेर राज्यका लागि योगदान गरेकाहरुको कदरस्वरुप वृद्ध अवस्था सुरक्षा योजनाका लागि नीति वनाइएको हो। अब वृद्धावस्थामा आर्थिक समस्याले पिरोलिनुपर्ने अबस्थाको अन्त्य हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्