विराटनगर जुनियर जेसिज सप्ताव्यापी कार्यक्रम शुरु

विराटनगर जुनियर जेसिज सप्ताव्यापी कार्यक्रम शुरु

विराटनगर कार्तिक २९ । विराटनगर जुनियर जेसिजले २२ औ वर्ष पार गरी २३ औ वर्ष प्रवेश गरेको उपलक्ष्यमा सप्ताव्यापी कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रमको पहिलो दिन बुधबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । जेसिजका यूवाहरुलाइ ज्ञान अभिवृद्धि गर्ने उद्येश्यले आफ्नो वार्षिक उत्सव अन्र्तगत सो कार्यक्रमको आयोजना गरेको अध्यक्ष मिलाप कर्णले जानकारी दिए ।

प्रमुख अतिथि टिपी आचार्य रहनु भएको सो कार्यक्रममा संस्थापक अध्यक्ष डा.सन्देश दास श्रेष्ठ ,राष्टिय जुनियर जेसिज संयोजक अभिनास थापा,त्यसैगरी भुतपूर्व अध्यक्ष प्रितेसराज दाहाल,पंकज सापकोटा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । इन्डिभिजुवल ग्रुप, कम्यूनिटि ग्रुप,विजनेश ग्रुप र इन्टरनेश्नल ग्रुप गरीे ४ वटा समुहमा बिभाजन गरिएको प्रतियोगीतामा इन्डिभिजुवल ग्रुप प्रथम भएको कार्यक्रमका मुख्य संयोजक दिपा ओडारि बताइन । सो हाजीरी जवाफ प्रतियोगीता संचालन उज्वल खरेलले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्