विराट मेडिकल कलेजमा नयाँ विद्यार्थीहरुलाई तीन दिने अभिमुखिकरण कार्यक्रम

<span class='c1'>विराट मेडिकल कलेजमा नयाँ विद्यार्थीहरुलाई</span> <span class='c2'>तीन दिने अभिमुखिकरण कार्यक्रम</span>

विराटनगर कार्तिक २९,   मोरङको बुढीगंगा गाउँपालीका–२ टंकीमा रहेको विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई तीन दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ ।

कलेजले बुधबार एक कार्यक्रम आयोजना गरि विद्यार्थीहरुलाई अभिमुखिकरण दिएको हो । एमविविएसमा नयाँ भर्ना भएका विद्यार्थी तथा अविभावकहरुलाई कलेजका बारेमा जानकारी दिएको कलेजले जानकारी दिएको छ ।

एमविविएस संकायमा पठनपाठन हुँदै आएको कलेजमा नयाँ शैक्षिक सत्रमा ७५ जना विद्यार्थी तथा तीनका अविभावकहरु सहभागि रहेका थिए ।

कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान कार्की उपाध्यक्ष डिनीस कार्की, प्रिन्सिपल प्रा.डा. हेम सागर रिमाल, कलेजका निर्देशक प्राज्ञिक तथा विद्यार्थी मामिला वेनु गौतम तथा एकाडेमी साहायक प्रमुख डा. पार्थ गुरागाईलगायतले कलेजको बारेमा विद्यार्थी तथा अविभावकहरुलाई जानकारी गराए । विहिबार र शुक्रबार पनि अभिमुखिकरण कार्यक्रम दिइने कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्