शिक्षादीपले गर्यो प्लस टु पास गरेका ४ विद्यार्थीलाई सम्मान

शिक्षादीपले गर्यो प्लस टु पास गरेका ४ विद्यार्थीलाई सम्मान

विराटनगर, २९ कात्तिक । त्रिभूुवन विश्वविद्यालय महाराजगंज कलेज काठमाडौंमा आईओएम एमवीवीएसमा पूर्ण रुपमा छात्रवृद्धीमा नाम निकाल्न सफल भएका विद्यार्थीलाई शिक्षादीप कलेजलले सम्मान गरेको छ । कलेजले विहिबार कलेजमा एक कार्यक्रमको आयोजना गरी प्लस टु पास गरेका ४ विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
सम्मानित आईओएम एमवीवीएसमा पूर्ण रुपमा छात्रवृद्धीमा नाम निकाल्न सफल हुने विकास विश्वकर्मा र सृजना यादवसहित धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएको प्रवेश परिक्षामा उत्कृष्ट हुँदै पूर्ण रुपमा छात्रवृतीमा नाम निकाल्न सफल प्रगती मण्डल र अमर पोद्दारलाई सम्मान गरेको हो । मण्डलले विएस्सी नर्सिङ अध्ययनकालागि पूर्ण छात्रवृद्धि पाएकी हुन भने पोद्दारले विएस्सी एमआइटीमा नाम निकालेका थिए ।
उनीहरुलाई विराटनगर महानगर पालिकाका प्रमुख भीम पराजुली, कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का लगायतले सम्मान गरेका थिए ।
यसअघि कलेजमा अध्ययन गर्ने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएस अध्ययनकालागि सुजन पुरी, मुकेशकुमार मण्डल र कृष्णकुमार दासले पूर्ण छात्रवृति पाएका छन् यस्तो छात्रबृती पाउनेमा शिक्षादिप कलेज प्रदेश १ मा नै पहिलो कलेज भएकोे कलेजको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्