अाेबी समाचार प्रभाव : छठ पुजा हेर्न जाँदा हराएका बालक विराटनगरकाे पिचरामा भेटिए

अाेबी समाचार प्रभाव : छठ पुजा हेर्न जाँदा हराएका बालक विराटनगरकाे पिचरामा भेटिए

विराटनगर, २९ कातिक । विराटनगरबाट छठ हेर्न गएका बेला हराएका बालक १२ घन्टा पनि भेएिका छन् । विराटनगर ६ शान्तिचोक सोमबारे हाटका आशा रामका ८ बर्षिय छोरा अभिनाश राम छठ पुजा हेर्न गएका बेला हराए थिए ।
विए एफएम पछाडीको नहरमा छठ हेर्न गएका बालक अचानक हराए पछि उनका परिवारजनले आवरविराटनगरमा फोटो सहित बालक हराएको जानकारी गराएका थिए । हराएको बालक १२ घन्टा पछि विराटनगर ११ पिचडाबाट भेटिएकाे अभिनाशका मामा अनिल रामले आवर विराटनगरलाई जानकारी दिए ।
अभिनास हराएपछि आवर विराटनगर डट नेटको सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको सामाचार र फोटोको आधारमा विराटनगर ११ का स्थानियबासीले उनका परिवारलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्