नोवेल अस्पताल संचालक डा.शर्माले दिए विपन्न परिवारलाई एकलाख सहयोग

नोवेल अस्पताल संचालक डा.शर्माले दिए विपन्न परिवारलाई एकलाख सहयोग

विराटनगर, ३० कात्तिक । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले बिपन्न बिरामीको उपचारका लागि एक लाख आर्थिक सहयोग गरेका छन् । शरीरमा तातोपानी खनिएर घाईते भई उपचारका क्रममा आर्थिक अभाव झेल्दै आएकी बेलवारी–४की सुकमाया राईको उपचारका लागि डा.शर्माले सहयोग गरेका हुन् । थुक्पा उमालेको तातोपानी फाल्ने क्रममा शरीरमा खनिएर ४७ बर्षीय राई गंभीर घाईते भएकी थिईन् । अनुहारसहित शरीरका अधिकांश भाग पातोपानीले पोलेर खुईलिएको छ । राईलाई उपचारका लागि अहिले काठमाडौ पुर्याईएको छ । ज्याला मजदुरी गर्दै आएको राई परिवारको पीडा थाहा पाएर डा.शर्माले उनको घरैमा पुगी पीडित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका हुन् । रकम हस्तान्तरणपछि डा.शर्माले न्यून आर्थिक अवस्थाका कारण उपचार गर्न नसकेर समस्या झेल्दै आएका बिरामीलाई आफूले सकेको सहयोग गर्न तत्पर रहेको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्