मेरील्याण्ड कलेज बिराटनगरमा बिबिएमका बिद्यार्थीलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

<span class='c1'>मेरील्याण्ड कलेज बिराटनगरमा बिबिएमका</span> <span class='c2'>बिद्यार्थीलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न</span>

बिराटनगर कार्तिक ३० , 

मेरील्याण्ड कलेज विराटनगरले अन्तराष्ट्रिय स्तरको पढाई यूकेको युनिभरसिटी अफ वाल्भरह्याम्टनको स्नातक तह (बिबिएम) स्वदेशमै सञ्चालनमा ल्याएपछि विद्यार्थीको आकर्षण बढेको छ । कलेजमा अन्तराष्ट्रिय स्तरको शिक्षण विधि, लेक्चर , ट्युटोरिएल र वर्कशपमा पढाइ हुदै आएको छ ।

मेरिल्याण्ड कलेज बिराटनगरले शुक्रबार आफ्ना ५ अौ ब्याचका (बिएससी अनर्स इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट) का ८० बढि बिद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कलेजका सिनियर प्रोफेसर डा भिसिएल दास , श्रीलंकाकी प्रोभेसर चादनी तिलकरत्ने लगायतले विद्यार्थीहरुलाई कलेज तथा कोर्सबारे जानकारी दिएको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले जानकारी दिए ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री  सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा हाल मेरिल्याण्ड कलेज बिराटनगर , इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं , इटहरी इन्टरनेसनल कलेज ,इन्फोर्म्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्